नुवाकोटका युवाले आयुर्वेदिक सेनिटाइजर बनाउदै,वितरण गर्दै(भिडियो सहित)



नुवाकोट,चैत-९।नुवाकोटका स्थानीय युवाहरुले आयुर्वेदिक ह्यान्ड सेनिटाइजर बनाएका छन्।बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसदेखि जोगिन प्रयोग हुने ह्याण्ड सेनिटाइजर बजारमा सजिलै नपाएपछि उनीहरुले स्थानीयस्तरमै पाइने जडिबुटीबाट ह्याण्ड सेनिटाइजर बनाउन थालेका हुन।
सुरुमा डाक्टरसग यस बिषयमा सल्लाह लिएका उनीहरुले आइतबार सय लिटर सेनिटाइजर उत्पादन गरेका अगुवा युवा ध्रुव पुडासैनीले बताउनुभयो।

पुडासैनीका अनुसार स्थानीयस्तर पाइने घिउ कुमारीको रस,ग्लिसिरिन,कपुर,कागती,गुलाब जल र स्प्रीटको मिश्रणबाट उक्त सेनिटाइजर बनेको हो।
सेनिटाइजर बनाउन अहिले बट्टार बजारस्थित संगम साथी समूह,रिलाईन्स लाइफ इन्स्योरेन्स र दारी ग्याङका एक दर्जन युवा खटिएका छन।

आयुर्वेदिक सेनिटाइजरको उत्पादन भएको सामाजिक संजालमा थाहा पाउने बित्तिकै ग्रामिण भेगबाट समेत यसको माग भएको उनीहरु बताउछ्न।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्