एक नेपालीमा कोरोना भाइरस भेटियो



काठमाडौ,चैत-१०।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली महिलामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।पोजेटिभ देखिएका ब्यक्ति विद्यार्थी हुन उनको उमेर १९ वर्ष भएको पत्रकार सम्मेलनमा भनिएको छ।

सम्मेलनमा संक्रमित महिलाको  काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भैरहेको बताइएको छ।
सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् ।

उनले सम्मेलनको अन्तिममा हालसम्म शंकास्पद ६ सय नमुना परिक्षण गरिएकोमा चैत्र ४ गते नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्