राजधानीमा कर्फ्युको तयारी,नुवाकोटमा लक डाउन



काठमाडौं । राजधानीका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएसगै सरकारले कर्फ्यु लगाएर भएपनि कोरोना फैलिन नदिने बारेमा छलफल भैरहेकोको उच्च श्रोतले बताएको छ।भारतमा जनता कर्फ्यू लागेको उदाहरण दिँदै सरकारका एक उच्च अधिकारीले बुधबारदेखी सबै बन्द गर्ने तयारी भैरहेको बताए।

सरकारले अत्यावश्यक  बाहेक अन्य क्षेत्र बन्दको तयारी गरेको छ । सरकारले सर्तकता अपनाउन सबै सरकारी तथा गैर सरकारी कार्यालय बन्दको तयारी गरेको हो ।

सरकारी कार्यालय खुलेपनि सेवाग्राही नआएपछि सरकारी कार्यालय बन्दको तयारी गरिएको हो । भोली घोडेजात्रा सार्वजनिक विदा दिइएकाले बुधबारदेखी सबै कार्यालय विदा दिन लागिएको हो ।

नुवाकोट जिल्ला  लक डाउन

नुवाकोटलाई बुधवार विहानदेखि लकडाउन गर्ने तयारी भएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटस्थित सोमवार वसेको सुरक्षा समितिको बैठकले जिल्लालाई बुधवार विहानदेखि लकडाउन गर्ने तयारी भएको छ।सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार  चैत्र १२ गते बुधबारदेखि बिहान ६ बजेदेखि सातदिनसम्म पाँचजना भन्दा बढीको समुहमा हिँडडुल गर्न पाइने छैन।त्यस्तै कार्यक्रम गर्न, अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन र सेल्फ क्वारेन्टाइनमा बस्न सबैलाई निशेध गरिएको छ।

त्यस्तै बैठकले जिल्ला अन्तर सबै नाकाहरुबाट सवारीसाधन प्रवेशमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्