कोरोना संक्रमित भगवती स्वस्थ भई घर फर्किइन



काठमाडौं, चैत्र-१२ ।कोरोना संक्रमित  भगवती रानाभाट स्वस्थ भई घर फर्किएकी छिन। उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् ।

बेलायतमा परिवारसहित बस्दै आएकी रानाभाटले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत् खुलासा गरेकी थिइन् ।

संक्रमण नलुकाएको भन्दै उनको सर्वत्र प्रशंशा समेत भएको थियो । उनी संक्रमणमुक्त भई घरमा आराम लिइरहेको र आफन्तजनले बधाई दिइरहेको तस्बिरहरु अहिले सामाजिक संजालमा सार्वजनिक भइरहेका छन।

शुभेच्छुकले सामाजिक संजाल फेसबुकमा दिएको सन्देश

सामाजिक अभियान्ताको रूपमा समेत परिचित भगवतीले अघिल्लो शुक्रबारदेखि उनी लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचार गराएकी थिइन।

रानाभाट दुई हप्ता अस्पताल बसाईंपछि घर फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्