लकडाउन:दिनभरी सुनसान,रातभर आवतजावत  छहरे-टोखा सडकखण्ड



नुवाकोट,चैत-१३।अहिले देश लक डाउन मा छ।कोरोना भाइरस (कोभिड -१९)को संक्रमण रोक्न सरकारले देश लक डाउन गरेको हो।लक डाउनको मुख्य उदेश्य संक्रमणलाई कहिकतै नफैलियोस भन्ने हो।र आवतजावत पुर्णरुपमा बन्देज गरिएको छ।

दिवा समयमा सुनसान होटेल थानाभन्ज्याङ क्षेत्र

यता नुवाकोट र राजधानी बिचको छोटो दुरीको सडकखण्ड छहरे-टोखा सडकखण्ड पनि बन्द छ।दिनमा सुनसान भएको सडकखण्ड जब रात पर्छ तब मानिसको आवतजावत बढिहाल्छ।सरकारले गरेको लकडाउनको बेवास्ता गर्दै रातको समयमा सयौंको संख्यामा स्थानीय मानिस काठमाडौबाट नुवाकोट प्रवेश गरिरहेका छन।बुधबार राती मात्रै झण्डै २ सय मानिस नुवाकोट प्रवेश गरेको शिवपुरी गाउँ पालिका-७,गुरुङ गाउँका स्थानीय कृष्णमान गुरुङले बताए।उनका अनुसार दिउँसो भन्दा राति नुवाकोट प्रवेश गर्नेको संख्या बढी छ।गुरुङले भञ्ज्याङ्ममा रहेको सैनिक ब्यारेक छलेर बनको पैदलमार्ग हुदै पैदलयात्री भित्रिएकाले सुरक्षा निकायले मनन गर्नुपर्ने बताए।

दिवा समयमा ठाउँठाउँमा संक्रमण परिक्षणका लागि हेल्थ डेस्क राखिएका छन्।तर रातको समयमा नुवाकोट प्रवेश गर्नेको लर्को बढेसगै जोखिम न्यूनीकरणका सट्टा यसले थप समस्या निम्त्याउन सक्ने सुनखानी हेल्थपोस्टका अनमी देवकी थपलियाले बताउनुभयो।उनका अनुसार स्थानीय सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री समेत उपलब्ध गराउन नसकेको बेलामा यसप्रकारको जोखिम नलिन स्थानीयलाई सुझाव दिएकी छन।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले केहि दिन यता जिल्लाको सिक्रेको अल्छे,पाटीभन्ज्याङ र गुरुङ गाउँको भञ्ज्याङ् हुँदै पैदल यात्रीको संख्या वृद्धि भएको स्वीकारे।उनले भने-‘यस बिषयमा गाउँ पालिकाको प्रतिनिधि बीच  छलफल भएको छ।’थापाले लकडाउन अवधिमा जहाँ जो हुनुहुन्छ त्यही बस्नुपर्ने र गाउँ समाजमा नराम्रो खबरको संवाहक नबन्न समेत सबैलाई आग्रह गर्नुभयो।

उक्त सडकखण्ड अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्जस्थित सुरक्षार्थ न्यु फेमस गुल्मले थप सजगता अपनाउने जानकारी दिएको छ।

जिल्लाको पुर्वी शिवपुरी,पञ्चकन्या,लिखु,तादी लगायत क्षेत्रका मानिस ओहोरदोहोर गर्ने छोटो दुरीको प्रमुख मार्गको रुपमा यस सडकखण्डलाई लिइन्छ।

प्रतिक्रिया दिनुहोस्