मुटुको धड्कन बढेपछि प्रधानमन्त्री अस्पताल भर्ना,आजै डिस्चार्ज हुने



काठमाडौं, चैत्र-१४ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अचानक मुटुको धड्कन बढेपछि गएराति मनमोहन अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् ।स्वास्थ्यमा सुधारसगै आजै डिस्चार्ज हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले  जानकारी गराएका छन् ।

प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्यासिंह शाहको भनाई उदृत गर्दै थापाले सामाजिक सञ्जालमार्फत् अवस्था सामान्य भइसकेकाले आर्ज डिस्चार्ज गरिने जानकारी दिएका हुन् । थापाले फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’

गएराति अचानक अस्प्ताल को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्