नेपालमा चौथौ कोरोना भाइरस संक्रमित भेटिए



काठमाडौ,चैत-१४।नेपालमा चौथौ कोरोना भाइरस(कोभिडा-१९) को संक्रमित भेटिएका छन । संक्रमित व्यक्तिको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा भैरहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएकाे छ।

हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार आएको उनको रिपोर्टबाट थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार काठमाडौं उपत्यकाबाहिर देखिएको यो पहिलो केश हो।ती ब्यक्ति दुबईबाट आएका हुन्।

प्रतिक्रिया दिनुहोस्