कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३० हजार नाघ्यो



काठमाडौ,चैत-१६।कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या  ३० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार यस भाइरसबाट ज्यान जानेको संख्या  ३० हजार २ सय ९९ पुगेको  छ । त्यस्तै भाइरसबाट संक्रमितको संख्या पनि ६ लाख ५० हजार ८ सय ९६ पुगेको छ ।

कोरोनाबाट अहिलेसम्म इटलीमा सबैभन्दा बढी १० हजार २३ जनाले ज्यान गुमाइसकेका छन त्यस्तै स्पेनमा ५ हजार ८ सय १२, चीनमा ३ हजार २ सय ९५, इरानमा २ हजार ५ सय १७, फ्रान्समा २ हजार ३ सय १४ र अमेरिकामा १ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ ।

यस भयावहस्थितिमा हरेक देशले खुल्ला नितिलाई लकडाउन नीति अपनाईसक्दा पनि भाइरस न्यूनीकरणका सट्टा वृद्धि भइरहेकोमा बिश्व स्वास्थ्य संगठनले चिन्ता प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्