लकडाउनको आज छैटौं दिन,लकडाउन लम्बाउने तयारी



काठमाडौ,चैत-१६।सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन  मंगलबारदेखी सुरु गरेको लकडाउनको आजको छैठो दिन सुरु भएको छ ।अहिले अत्याश्यक सवारीसाधन बाहेक सबै देशभर बन्द रहेका छन् भने अन्य आवतजावतमा समेत  रोक लगाउन सुरक्षाकर्मीहरु खटिएका छन् ।
सरकारले एक साताका लागि गरेको  लकडाउन मंगलबार बिहान चैत १८ गते सकिदै छ । एक साता समयावधि सकिएसगै सरकारले लकडाउन लाई लम्बाउने तयारी गरेको छ । सरकारले लकडाउन थप गर्ने नगर्ने बिषयमा अघिल्लो दिन अर्थात सोमबार साँझ  निर्णय गर्ने स्रोतले जानकारी दिएको  छ ।

यता नेपालले सुरु गरेको लकडाउनको भोली पल्टबाट छिमेकी देश भारतले पनि सुरु गरेको छ । भारतले आफ्नो देशमा २१ दिने लकडाउन गरेको हो ।  भारतमा कोरोना भाइरसका कारण १९ जनाको मृत्यु भईसकेको छ।र संक्रमित भने झन्डै एक हजार जना रहेका  छन्।

यसर्थ नेपालले पनि  कारोना संक्रमण रोक्न लकडाउन अबधि लम्बाउन सक्ने बताइएको छ। सरकारले पुन: एक हप्ता लकडाउन लम्बाउने तयारी गरेको स्रोतले जनाएको छ । नेपालमा शनिबार मात्रै एक कारोना भाइरस संक्रमित बिरामी देखा परेको छ । गएको सोमबार काठमाण्डौमा कोरोना भाइरस संक्रमणको बिरामी भेटिएपछि सरकारले लकडाउन गर्ने निर्णय गरेको थियो । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या पाँच पुगेको छ । कोरोनाबाट संक्रमित एक जना भने निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्