चीनबाट आईपुग्यो स्वास्थ्य सामग्री



काठमाडौं,चैत-१६।चीनबाट स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ।सो सामग्री चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरी नेपाल पठाएको हो।सामग्रीमा कोरोनाभाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचार लगायतका अत्यावश्यक वस्तु रहेका छन।नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरी ग्वाङजाउबाट आज विहान काठमाडौं ल्याएको  हो ।

नेपाल ल्याइएका स्वास्थ्य सामग्रीमा इन्फ्रारेड थर्मामिटर, कोरोना परीक्षण गर्ने पोर्टेबल पीसीआर मेसिन, पीपीई गाउन, जाँच गर्ने पञ्जा, सफाइमा प्रयोग हुने पञ्जा, एन–९५ मास्क, डिस्पोजेबल जुत्ता,पोर्टेबल पीसीआर रिएजेन्ट, संक्रमण परीक्षण किट, नमुना संकलन गर्ने ट्युबहरु गगल्स,  तथा अनुहार छोप्ने सामाग्री रहेको जनाइएको छ ।

सरकारले यस अघि ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट एक अर्ब २४ करोड ६८ लाख रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्