आज मन्त्रिपरिषद बैठक बस्दै,बिशेष राहत प्याकेजबारे के छ तयारी ?



काठमाडौं,चैत्र-१६।मन्त्रिपरिषद बैठक आज बस्ने तयारी  भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन।

सल्लाहकार थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तयारी भएको छ।मन्त्रिपरिषदको बैठकले विशेष राहत प्याकेजबारे निर्णय गर्ने बताइएको छ ।

सरकारले कोरोना भाइरस न्यूनीकरणका लागि देश लकडाउन गरेको छ दिन बित्नै लाग्दा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । उक्त बैठकमा देशमा भैरहेको लकडाउनको समिक्षा, राहतको प्याकेजबारे घोषणा, विदेशबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याउने लगायतका विषय रहेको एक विश्वस्त स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्