कोरोनाको आशंकामा अस्पताल भर्ना भएका युवकको मृत्यु,रिपोर्ट साँझ आउने



ललितपुर, चैत्र-१७ । कोरोना भाइरसको आशंकामा सोमबार पाटन अस्पताल भर्ना गरिएका युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङ खनियाँ गाउँपालिका ४ का ३५ वर्षीय युवक रहेका छन। उनलाई उच्च ज्वरो आएपछि आकस्मिक रुपमा पाटन अस्पताल ल्याइ भर्ना गरिएको थियोे।

ती युवकलाई पाटन अस्पतालमा भर्ना गरी कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी राष्ट्रिय स्वास्थ्य प्रयोगशालामा पठाइएको थियोे।उनको रिपोर्ट साँझ आउने बताइएको छ। युवक १४ चैत्रमा भारतबाट घर फर्किएका थिए । उनी घरमै बसिरहेको बखत अचानक ज्वरो आएपछि आकस्मिक रुपमा धादिङबाट अस्पताल ल्याइएको परिवारको भनाइ  उद्दृत गर्दै महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले  बताउनुभयो।

एसपी सिंहका अनुसार युवकको  निधन भएपनि कोरोना हो होइन साँझ रिपोर्ट आएपछि मात्र थाहा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्