कोरोनाको त्रासले घरभाडामा बस्ने नर्सलाई निकाल्ने घरबेटी पक्राउ



काठमाडौ,चैत-१८।घरभाडामा बस्ने नर्सलाई कोरोनाको त्रासले घरबाट निकाला गर्ने घरबेटीलाई प्रहरीले  पक्रेको छ । पक्राउ पर्ने घरबेटी घोराही उपमहानगरपालिका-१८ नवलपुरका नारायण आचार्य हुन्।घरबेटी आचार्यले  दाङको तुलसीपुर उपमहानगरपालिका-१६, गणेशपुरकी नर्स सिर्जना खड्कालाई कि अस्पताल छोड कि मेरो घर छोड भन्दै घरबाट निकालेका थिए।

नर्स सिर्जना बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत नर्स हुन।सिर्जनालाई वडासचिवसमेत रहेका घरबेटी नारायण आचार्यले कोरोनाको त्रासले घरबाट निकालेका थिए ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोठामा बस्न नदिएको गुनासोका आधारमा आचार्यलाई पक्राउ गरिएको बताएका छन् ।

नर्स सिर्जना अहिले होटलमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्