नुवाकोटमा १ सय ८३ जना क्वारेन्टाइनमा



काठमाडौ,चैत-१९।कोरोना भाइरस (कोभिड-१९)को संक्रमण फैलन नदिन नुवाकोटमा  १ सय ८३ जनालाई क्वारेन्टाइनमा राखिएको छ।नुवाकोटमा विशेषत  वैदेशिक रोजगारीका लागि बिदेश गएर नेपाल फर्किएकालाई मात्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए।काफ्लेका अनुसार जिल्लाको सदरमुकाममा रहेको  सरकारी क्वारेन्टाइनमा एक महिलासहित १४ जनालाई राखिएको छ। विदुर नगरपालिकाका एक ४६ वर्षीय पुरुषलाई जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको छ।

त्रिशूलीस्थित क्वारेन्टाइनमा एक महिलासहित १३ जना र खरानीटारमा एक जनालाई सरकारी क्वारेन्टाइनमा राखेको उल्लेख गरिएको छ। विदेशबाट फर्किनेमा सबैभन्दा बढी सदरमुकाम केन्द्रित क्वारेन्टाइनमा राखिएका छन।

विदुर नगरपालिकाका ४२ जना, बेलकोटगढी नगरपालिकाका ३८ जना, लिखु गाउँपालिकाका ६ जना, तादीको ७ जना, म्यागंघका १० जना होम क्यारेन्टाइनमा बसेका छन्। यस्तै, तारकेश्वरका ४ जना, पञ्चकन्याका ५ जना र सुर्यगढी गाउँपालिकाका २ जना होम क्यारेन्टाइनमा बसेको प्रहरीले जनाएको छ। विशेषगरी भारत, मलेसिया, कतार, दुबईलगायत देशबाट नेपाली नुवाकोट आएका छन।

क्वारेन्टाइनका लागि छुट्याइएको कार्डसन नेपालद्वारा निर्मित नमुना वस्ती

प्रहरी र प्रशासनलगायतको सहयोगमा जिल्लास्थित १२ वटै स्थानीय तहमा विदेशबाट आउनेको विवरण संकलन गर्ने काम समेत भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्