कोरोना भाइरसको थप संक्रमित नभेटिएको स्पष्ट



काठमाडौं,चैत-२१।नेपालमा कोरोना भाइरसको संक्रमित छ जनाबाट नबढेको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्। शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले हालसम्म छ जना संक्रमितमध्ये पाँचजनाको उपचार भइरहेको उल्लेख गरे।

संक्रमित मध्ये दुईजना टेकुमा, बाग्लुङमा २ र धनगढीमा एकजनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

तत्काल १२ सय ७७ को नमूना परीक्षण भैरहेकोमा  छ जनामा संक्रमण भेटिएको बताउदै डा. देवकोटाले भने, ‘छ जनामध्ये पाँचजनाको उपचार भइरहेको छ र एकजना निको भई घर फर्किएका छन।’ उनले १२० जना आइशोलेशनमा रहेकोमध्ये उपत्यकामा १५  र उपत्यकाबाहिर १०५ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्