सरकारले भोलि र पर्सि काठमाडौं छाड्न चाहनेलाई छुट दिने निर्णय रद्द



काठमाडौ, चैत-२७ । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका छाड्न चाहनेलाई छुट दिन गरेको निर्णय रद्द गरेको छ । सरकारले निर्णय गरेपनि सत्तारुढ दलका प्रभावशाली नेता देखि सरकारमा रहेकाको विरोध भएपछि उक्त  निर्णय उल्टाइएको हो ।

कोरोना  नियन्त्रण तथा रोकथाम  उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत रहेको समितिले उक्त बिषयमा छलफलमात्र भएको तर  निर्णय नभएको जनाएको छ । निर्णय लगत्तै काठमाडौं छाड्न चाहनेमा खुशियाली छाएको थियो । तर, निर्णय उल्टिएपछि दुःखी भएका छन् ।

उपत्यकाभित्र लकडाउनका कारणअ लपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको विषयलाई छलफल मात्र भनिएको छ ।

photo:file

प्रतिक्रिया दिनुहोस्