दक्षिण कोरियाबाट स्वास्थ्य सामग्री लिएर काठमाडौ आईपुग्यो कोरिएन एयर



काठमाडौ,चैत-२८।कोरोना भाइरसविरुद्धको अभियान अन्तर्गत  दक्षिण कोरियाका नेपालीले पठाएको स्वास्थ्य सामाग्री बोकेर कोरियन एयर काठमाडौं आइपुगेको छ ।

दक्षिण कोरियाका नेपालीले पठाएको झण्डै ७५ लाख बराबरको उपकरण लिएर कोरियन एयर दिउँसो सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

जन्मभूमिका लागि २० हजार वोन बराबरको सहयोग गर्न एनआरएनए कोरियाका उपाध्यक्ष यदु लामिछानेले आग्रह गरेअनुसार रकम जम्मा भएको र उक्त रकमबाट पहिलो चरणमा ४ हजार किट र ५ सय थान पिपिई सामग्री खरिद गरि काठमाडौंं पठाइएको  हो ।

दक्षिण कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोना भाइरसको परीक्षणका लागि “एक व्यक्ति, एकहेल्थ किट् अभियान”सुरु गरेर नेपालमा सहयोग गरेका हुन् ।अभियान सुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन अर्थात एक करोड ४० लाख ७९ हजार ७७५ रुपैयाँ संकलन भएको थियो।

कोरियामा नै उत्पादन भएको किटले जम्मा ३ घन्टामै कोरोना संक्रमण भएको वा नभएको रिजल्ट दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्