कोरोना उपचार कोषमा झण्डै २ अर्ब



काठमाडौं, चैत-२९ ।सरकारबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग पुर्याउन स्थापित कोषमा रकम जम्मा हुने क्रम निरन्तर जारी छ।

यसैबीच पछिल्लो क्रममा १ अर्ब ९३ करोड ८९ लाख ६४ हजार ५ सय ८० रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शुक्रबार ३ बजेसम्म सो रकम जम्मा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै २ करोड ३९ लाख ६० हजार ३ सय ८२ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको थियो ।

यससँग सम्बन्धित समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्