सीमा क्षेत्र कडाइ गर्ने,लकडाउन लम्ब्याउने:प्रधानमन्त्री

काठमाडौं,चैत-२९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा क्षेत्रमा कडाइ गर्नुका साथै लकडाउन लम्ब्याउने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको भिडियो कन्फेरेन्स गर्दै लकडाउन लम्ब्याएर सीमामा अझ कडाई गर्ने बताएका हुन्।
प्रधामन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको भनाई उदृत गर्दै लकडाउन छिट्टै अन्त्य नहुने, सीमाक्षेत्रमा थप कडाइ गरिने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै चनाखो हुनु अनिवार्य रहेको बताएका छन।
प्रधानमन्त्रीले लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुने, मेला उत्सव गर्ने/गराउने, मान्छेको भेला हुलहुज्जत हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने जस्ता कुरालाई महत्त्वपूर्णका साथ लिएको उल्लेख गरिएको छ।
जनतालाई दुख दिन नभई जनताको जीवन सुरक्षार्थ लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान समेत गरिएको छ।