पेप्सीकोलाका दुईजनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौ,बैशाख-२।काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना भएका तीनजना मध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार एकजनाको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

सोमबार उनीहरुको र्यापिड टेस्ट गरिएको थियो।सो टेस्ट गर्दा कोरोना संक्रमणको आशंका गरिएको थियो ।

२८ दिनअघि बेलायतबाट आएका दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सोमबार  कोरोनाको शंकामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्