सरकारद्वारा बैशाख १५ सम्म लकडाउन समयावधि थप



काठमाडौ,बैशाख-२। सरकारद्वारा लकडाउनको समयावधि थप गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले थप बैशाख  १५ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको हो । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यस थप लकडाउन समयमा बितेको लकडाउन भन्दा प्रभावकारी बनाउने निर्णय समेत  गरेको छ ।

सरकारले चैत ११ गतेदेखि सरकारले देशभर लकडाउन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्