र्‍यापिड टेस्टमा एकैदिन ५ जनामा कोरोना पोजिटिभ, पिसिआर रिपोर्ट साँझसम्म आउने



काठमाण्डौ,बैशाख-३ ।  र्‍यापिड टेस्ट गर्दा मंगलबार एकै दिनमा ५ जनामा कोरोना पोजिटिभ भेटिएको छ।परिक्षण  गर्दा सप्तरीमा दुई जना कोरोना संक्रमित फेला परेसगै र्‍यापिड टेस्ट गर्दा पोजिटिभ देखिने संख्या ५ पुगेको हो।

यस अघि मंगलबार नै काभ्रेमा २ र धादिङमा १ जनामा गरि ३ जनाको र्यापिड टेस्ट गर्दा पोजेटिभ पाइएको थियो ।

सम्भवत आज साँझसम्म पाँचै जनाको पिसिआर परिक्षणको नतिजा आउने छ।

केहि दिन अघि भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।

पोजेटिभ पाइएकामा तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्