सवारी पास अब मलामीलाई मात्र



काठमाडौँ ,वैशाख-३।जिल्ला प्रशासन कार्यलय काठमाण्डौले सवारी पासमा रोक लगाएको छ।अबदेखि परिवारका सदस्यकाे मलामी जाने ब्यक्तिहरू मात्रै   सवारी पास पाउने प्रशासनले बैशाख ३ गते सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

सवारी पासको अत्यन्तै ज्यादा माग भएकाले बढी भीडभाड हुन गई लकडाउन नै उल्लघंन हुने अवस्था सिर्जना भएको भन्दै सवारी पास रोकेको कार्यलयले जनाएको छ।

कुनैपनि परिवारको सदस्यको मृत्यु भएमा  संस्कारमा जाने बाहेक अन्य ब्यक्तिको लागि सवारी पास जारी हुँदैन -कार्यलयले भनेको छ।

प्रतिक्रिया दिनुहोस्