स्याङजामा राहत वितरणका क्रममा जनप्रतिनिधि बीच हानाहान

स्याङजा,वैशाख-४ ।स्याङ्जामा राहत वितरण गर्ने क्रममा जनप्रतिनिधि बीच हानाहान भएको छ। जिल्लास्थित वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच हानाहान भएको हो ।
राहत वितरणको क्रममा विवाद उत्पन्न भएपछि एकाअर्काबीच झडप भएको थियो।सो कुटाकुटको क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएको छ। घाइते वडाअध्यक्ष गैरेलाई उपचारको लागि पोखरा पठाइएको छ ।
वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिट गर्ने बिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी समेत दर्ता गराएका छन्।