स्वास्थ्य सामग्री लिएर काठमाडौ आईपुग्यो वाइडबडी जहाज



काठमाडौ,बैशाख-५। अत्यावश्यकीय  स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए–३३० जहाज चीनको ग्वाङ्जाओबाट  काठमाडौँ आइपुगेका छन् ।

बिहीबार राति नै व्यवसायीले चार्टर्ड गरी निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन  चीनको ग्वाङ्जाओ तर्फ  उडेका थिए । दुवै जहाज केहि समय अगाडि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थलले जनाएको छ । विमानमा के–कति स्वास्थ्य सामग्री ल्याइयो त्यसबारे खुलाइएको छैन । अबको एक घण्टामा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिनेछ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए ।निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्