भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८०,संक्रमित १४ हजार ३७८



एजेन्सी,बैशाख-६ । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८० पुगेको छ। भाइरसबाट संक्रमितको संख्या भने १४ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार भारतमा अहिलेसम्म १४ हजार ३७८ जना संक्रमित भएका छन् । त्यसैगरी भारतमा अहिलेसम्म १९ सय ९२ जना स्वास्थ्य सुधार भइ घर फर्किसकेका छन् ।

पछिल्लो तथ्यांकअनुसार भारतको नाभीका २१ सेनामा पनि कोरोना पोजेटिभ पाइएको छ । मुम्बईस्थित नाभीमा काम गर्ने २१ सेना कोरोना पोजेटिभ पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।  अहिलेसम्म भारतमा सबैभन्दा बढी महाराष्ट्र राज्यमा ३२ सय कोरोना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्