फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती स्वस्थ्य भइ अस्पतालबाट डिस्चार्ज भइन



काठमाडौ,बैशाख-६ ।फ्रान्सबाट कोरोना भाइरसद्वारा संक्रमित भएर नेपाल आएकी युवती पूर्णरुपमा स्वस्थ्य भइ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ती युवतीलाई केही बेरअघि उनी उपचाररत टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले डिस्चार्ज गरेको हो ।

उन्नाइस वर्षीय उनी गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन ।युवती चैत १० मै टेकु अस्पतालमा भर्ना भइ उपचाररत थिइन। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओर्लिएसगै उनले निक्कै सावधानीपुर्वक सजगता अपनाएकी थिइन।

संक्रमितमध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् ।अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा संक्रमितको संख्या ३० पुग्दा २ निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्