कोरोना संक्रमित कैलालीका युवा अस्पतालबाट डिस्चार्ज



काठमाडौ,बैशाख-७। कोरोना भाइरसबाट  संक्रमित कैलालीस्थित  प्रतापपुरका २१ वर्षीय युवक अस्पतालबाट डिस्चार्ज भएका छन् ।उनको दोस्रो र तेस्रो पटक समेत संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएपछि आइतबार डिस्चार्ज भएका हुन।

उनी भारतबाट चैत ११ गते घर फर्किएका थिए। घर फर्किए लगत्तै  क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएपछि उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थिए।

यसअघि काठमाडौंमा दुई, बाग्लुङका एकजना कोरोना संक्रमित बिरामी निको भई डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्