कोरोना रोकथाम कोषमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टा हुन्न: मन्त्रालय



काठमाडौँ,वैशाख-८ । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा हुने हल्ला चलिरहदा सरकारले तलब कट्टा नगर्ने निर्णय गरेको छ ।

सरकारको उक्त निर्णय गरेको पत्र सबै मन्त्रालयमा पठाइसकेको जानकारी दिएको  छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिले राहत कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब नकाट्ने निर्णय गरेको जनाएका छन् ।

कोरोना रोकथाम तथा उपचार कोषमा अन्य राष्ट्रसेवक कर्मचारीको तलब भने   पद अनुसार तीन देखि सात दिनसम्मको तलब कट्टा गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्