पार्टी फुटाउन संसदीय दल वा केन्द्रिय कमिटीमध्ये एउटामा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने सरकारको निर्णय



काठमाडौं, बैशाख-८ । आज बसेको मन्त्रिपरिषद बैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एउटामा ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ।वर्तमान संसदीय दल र केन्द्रीय समितिमा भने दुवैतर्फ ४० प्रतिशत संख्या पुग्नुपर्ने कानुनी व्यवस्था छ ।

नेकपामा पछिल्लो समय देखिएको आन्तरिक विवाद र प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयसगै राजनैतिक तरंग पैदा भएको छ।

तस्वीर:फाइल

प्रतिक्रिया दिनुहोस्