राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश जारी



काठमाडौ, बैशाख-९ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारले पठाएको दुई अध्यादेश जारी गरेकी छन । राष्ट्रपतिबाट अध्यादेश जारी गरिएको  राष्ट्रपति कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराइएको  हो ।

‘आज मिति २०७७ साल बैशाख ८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरु जारी गर्नु भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार दुई अध्यादेश निम्नानुसार छन्ः

१. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७

पत्र:-

प्रतिक्रिया दिनुहोस्