नुवाकोटको लिखु गाउँपालिकालाई नेकपाद्वारा स्वास्थ्य सामाग्री सहयोग



नुवाकोट,बैशाख – ९ । कोरोना भाईरस (कोभिड-१९) नियन्त्रणका लागि नुवाकोटकाे लिखु गाउँपालिकालाई नेकपा नुवाकोटका जिल्ला युवा नेता समूहद्वारा स्वास्थ्य सामग्री प्रदान गरिएको छ।

लिखु गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै नुवाकोट नेकपाका युवाहरु

जिल्लास्थित नेकपाका युवा नेता पुर्णलाल श्रेष्ठ,जिल्ला सदस्य तथा लिखु सह- ईनचाज प्रदिपप्रसाद पाठक(सुमन),जिल्ला सदस्य केसर सेञ्चुरी लगायतले स्वास्थ्य सामाग्री  गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएको हो।

गाउँपालिकालाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री अन्तर्गत पिपिई ५ सेट,मेडिकल मास्क ६००,मेडिकल पन्जा १००,भाैउचर १३०,सेनिटाईजर ७ लिटर रहेको छ ।साे कार्यक्रममा  लिखु गाउँपालिका उपाध्यक्ष राेजिना राई,वडा अध्यक्षहरु भाेला सेढाई ,रामकृष्ण श्रेष्ठ , भिम ब. घले, नेकपा लिखु ईनचाज धर्म अधिकारी,पपार्टी  अध्यक्ष मेघनारायण श्रेष्ठ र पार्टी  सचिव बिवेक ढकाल लगायतकाे उपस्थिति रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्