कोरोना संक्रमित फेरि थपिए,संख्या ३२ पुग्यो



काठमाडौं, वैशाख- ९ । नेपालमा कोरोना संक्रमितको संख्या फेरि थपिएको छ। देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा एक पुरुष थपिएसगै संख्या ३२ पुगेको हो।

उदयपुरमा एकजनाको टेष्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका जानकारी दिएका छन् । संक्रमित व्यक्ति उदयपुरका ३३ वर्षीय पुरुष हुन् ।

संक्रमितको संख्या ३२ जना पुगेको छ।जसमध्ये २८ जना उपचाररत छन् भने ४ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्