नुवाकोटको दुप्चेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण



नुवाकोट, वैशाख-१० । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका स्वास्थ्यकर्मीलाई शेयर एन्ड केयर नेपाल नामक एक संस्थाले कोरोना भाइरस रोकथाममा प्रयोग हुने स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आज दुप्चेश्वर गाउँपालिका प्रतिनिधिलाई संस्थाका तर्फबाट संस्थाका कार्यकारी निर्देशक रमेशकुमार खड्काले सामाग्री हन्तारन्तरण गरेका हुन् ।

प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा पीपीई सेट ७ , बुट ७ जोर, तापक्रम नाप्ने थर्मल ७ प्रति र मास्क एक हजार प्रति रहेको शेयर एन्ड केयर नेपालले जनाएको छ ।

यसअघि उक्त संस्थाले काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी, नगरपालिका, गाउँपालिका, प्रहरी, समाजसेवी लगायतलाई कोरोना रोकथाममा प्रयोग हुने सामाग्री सहयोग प्रदान गरिसकेको छ । यसप्रकारको सहयोग आगामी दिनमा समेत निरन्तर जारी हुने संस्थाका कार्यकारी निर्देशक खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्