नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो,कोको हुन थप संक्रमीत?



काठमाडौं, वैशाख-१० । नेपालमा कोरोना भाइरस संक्रमित आज तीनजना थपिएका छन् । उनीहरुको स्वाब परीक्षणका क्रममा आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  नतिजा पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीनजना २४, ६० र ७२ वर्षीय पुरुष हुन् । उनीहरु क्वारेन्टाइनमा राखिएका थिए । उपचारार्थ तीनैजनालाई अब कोशी अस्पतालमा लगिने भएको छ ।

संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रष्ट पारेका छैनन् । वैशाख १० गते पत्ता लागेको संक्रमित मध्ये ४३ औं संक्रमित २४ वर्षीय पुरुष रहेका छन् भने ४४ औं संक्रमित ६० वर्षीय पुरुष रहेका छन। त्यस्तै अर्का संक्रमित ७२ वर्षीय पुरुष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्