नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो



काठमाडौ,बैशाख-११।नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।बिहिवार मन्त्रालयमा आयोजित मिडिया बिफ्रीङका क्रममा मन्त्रालयका प्रबक्ता बिकास देवकोटाले  नेपालमा संक्रमितको संख्या ३ जना थपिएसगै  ४७ पुगेको जानकारी दिएका हुन।

उनले र्‍यापिड टेस्टका क्रममा कोरोना पोजिटिभ देखिएपछि थप परिक्षणका क्रममा तीनजनामा कोरोना पोजिटिभ देखिएको डाक्टर देवकोटाले बताए।क्वारेन्टाइनमा रहेका संक्रमित जनकपुर र उदयपुरको रहेको र थप उपचारका लागि अस्पताल लगिएको उनले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यीमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्