नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो



काठमाडौं, वैशाख-१२ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार  साँझ एकजना संक्रमित थपिएको  पुष्टि गरेसगै संक्रमित संख्या ४८  हो ।

नयाँ संक्रमित २६ वर्षीय पुरुष भएको  स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले पुष्टि गरेका हुन।उनि उदयपुरमा यसअघि भेटिएका संक्रमितको संसर्गमा आएकाहरु मध्येको भएको बुझिएको छ।

यसअघि बिहिबार अपरान्ह नै २ जना संक्रमित थपिएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्