एक साता पनि टिक्न सकेन दुबै अध्यादेश,राष्ट्रपतिद्वारा खारेज



काठमाण्डौ,बैशाख-१२ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा  राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गरेकी छन । मन्त्रिपरिषदको शुक्रबार दिउँसो बसेको  बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै राष्ट्रपतिद्वारा  खारेज गरिएको श्रोतले जानकारी दिएको छ।

राष्ट्रपति कार्यालयले जनाए अनुसार मन्त्रिपरिषद्को सिफारिससगै नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरु खारेज गरिएको हो । गत चार दिनअघि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ प्रमाणिकरण गरेकी थिइन् ।

गत सोमबार जारी भएका अध्यादेशको चौतर्फी विरोध भएसँगै शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्