भारतमा कोरोना भाइरस संक्रमितको संख्या २३ हजार नाघ्यो



एजेन्सी,बैशाख-१२ । कोरोना भाइरस संक्रमितको संख्या भारतमा २३ हजार नाघेको छ । त्यहाँ कोरोना भाइरसका नयाँ संक्रमित बितेको २४ घन्टायता १ हजार ६ सय ४८  थपिएका छन्।

भारतमा शुक्रबार दिउँसोसम्म कारोना संकमितको संख्या २३ हजार ५ सय पुगेको छ । भारतस्थित स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहिबार मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

हालसम्म भारतमा कोरोना बाट मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ । यस्तै भारतमा कोरोनाबाट मुक्ति पाई घर फर्कनेको संख्या भने  ५ हजार २ जना रहेका छन्।उनीहरु निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्