पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएनन



काठमाडौ,बैशाख-१२ ।पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ संक्रमित भेटिएका छैनन् । कोरोनाको आशंका गरिएकामा पनि नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तर्फबाट आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै प्रवक्ता डा विकास देवकोटाले यसबारेमा जानकारी दिएका हुन् । उनकाअनुसार हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण गरिएको छ । जसमध्ये प्रयोगशालामा पिसिआर विधिबाट कोरोनाको नमूना परीक्षण गराउनेको संख्या ९ हजार चार सय ७ जना र आरटिडीबाट ३८ हजार ९९ पुगेको छ । पिसिआर र आरटिडी गरि ४७ हजा ४ सय ९६ पुगेको पनि उनले जनाए ।

हालसम्म नेपालमा ४८ जना कोरोना संक्रमित भटिएका छन् । त्यसमध्ये १० कोरोना संक्रमित उपचार पछि निको भएका छन् । बाँकी ३८ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्