नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुग्यो



काठमाडौ,बैशाख-१२ । नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।झापाका ६२ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसगै नेपालमा संक्रमितको संख्या ४९ पुगेको  हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमणको  नतिजा पोजिटिभ देखिएको  हो।

दमक बस्ने ती पुरुषलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको विषयमा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्