कोरोनालाई जितेर बाग्लुङकी युवती भइन डिस्चार्ज



काठमाडौ,बैशाख-१३ । कोरोना भाइरसको संक्रमणलाई जितेर  बागलुङकी युवती  डिस्चार्ज भएकी छन् । उनी  एक महिना बढी अस्पतालको बसाइँ पछि शुक्रबार  डिस्चार्ज भएकी हुन् ।

गत चैत ४ गते  बेल्जियमबाट  नेपाल आएकी बागलुङकी १९ वर्षीया अन्सु सापकोटामा परीक्षणका क्रममा चैत १० गते कोरोना भाइरसको संक्रमणको  पुष्टि भएको थियो ।

सापकोटालाई शुक्रबार राती नै बागलुङस्थित धौलागिरी अस्पतालले डिस्चार्ज गरेको हो । उनी शुक्रबार नै घर पुगेकी छन् । सापकोटा नेपालको पाँचौँ कोरोना संक्रमित व्यक्ति हुन् । उनीसँगै नेपालमा ४९ संक्रमित रहेका थिए।जसमध्ये  ११ जना भने उपचारपछि निको भइ घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्