लकडाउन बढ्ने निश्चित



काठमाडौं, वैशाख-१३ । सरकारले लकडाउन अवधि बढाउने तयारी गरेको छ। लकडाउन वैशाखभर गर्ने तयारी गरेको हो । लकडाउन बढाउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मोडालिटीको मस्यौदाबारे छलफल गरी मुख्यसचिवलाई अन्तिम रुप दिने जिम्मेवारी समेत दिइसकेको छ।

यस बिषयमा छलफल गर्न उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा आज बैठक बसेको थियो। बैठकले लकडाउन लम्ब्याउने निर्णय समेत गरिसकेतापनि भोलि बस्ने मन्त्रिपरिषदबाट मोडालिटीसहित पारित गर्ने तयारी रहेको श्रोतले जनाएको छ । स्रोतका अनुसार धेरैजसो अत्यावश्यक सेवा सञ्चालनमा भने खुकुलो बनाइने तयारी भएको बुझिएको छ।

विभिन्न जिल्ला, गाउँपालिका र नगरपालिकाको क्षेत्र छुट्याएर लकडाउनमा कडाई र खुकुलो पारिने सम्भावना छ । शैक्षिक संस्था, सार्वजनिक यातायात, होटल, सिनेमा हल, खेल स्थललगायत आउँदो एक महिनासम्म खुल्ने सम्भावना न्युन छ ।

यस अघि २ जेठसम्म आन्तरिक र बाह्य उडान संचालन गर्न प्रतिबन्ध लगाउने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्