झापामा अर्का एक पुरुषमा कोरोना संक्रमण,संक्रमीतको संख्या ५२ पुग्यो



काठमाडौ,बैशाख-१४। झापामा आइतबार एक ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटीएको छ । 

विराटनगरस्थित कोशी अस्पतालमा भएको परिक्षणको नतिजा अनुसार झापाका पुरुषमा कोरोना पोजिटिभ देखिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जनाएका छन ।

अस्पतालको निगरानीमा रहेका उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । यसअघि झापाको दमकका एक जनामा संक्रमण देखिएको थियो । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइराखेको छ ।

आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ ।१६ जना भने उपचारपछि निको भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्