पुर्व सचिव भीम उपाध्याय रिहा



काठमाडौं,  वैशाख-१५ । पूर्व सचिव भीम उपाध्याय रिहा भएका छन् । उनलाई अदालतले साइबर क्राइमको अभियोगमा उनीविरुद्ध थुनछेकको बहसपछि  ढरौटीमा रिहा गर्ने आदेश दिएसगै उनी छुटेका हुन ।

पुर्व सचिव उपाध्यायले पछिल्लो समय सरकार बिरोधि भनाइ तथा आलोचना  सार्वजनिक गर्दै आएका थिए । उनले सामाजिक सञ्जालमा सरकारका मन्त्री देखि उच्च सरकारी अधिकारीहरुको आलोचना गरेपछि विवाद समेत भएको थियो ।

विवादपछि उनीमाथि उजुरी परेपछि १० वैशाखमा घरबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी ५ दिन हिरासतमा राखिएपछि सोमबार रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्