नेकपाका विद्यार्थी नेताद्वारा बाबुराम लगायतका नेताविरुद्ध जाहेरी दर्ता गर्न सरकारी वकिल कार्यलयमा



काठमाडौं, १६ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का युवा विद्यार्थी नेताहरु नवगठित जनता समाजवादी पार्टीका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न काठमाडौस्थित सरकारी वकिलको कार्यालय पुगेका छन् । यसअघि विद्यार्थी नेताहरूको डा. भट्टराई लगायतका नेताविरुद्धको जाहेरी काठमाडौं प्रहरीसामु पेश गर्न पुगेका थिए। प्रहरीले साइबर अपराधभन्दा गाली बेइज्जतीसम्बन्धी ऐन जाहेरी उपयुक्त भएको भन्दै कानुनीगत उपचारका लागि वकिल मार्फत उपचार लिन सुझाब दिएसंगै उनीहरु सरकारी वकिल कार्यलय पुगेका हुन।

आफ्ना नेताहरूको विद्युतीय माध्यमबाट चरित्र हत्या गरेको भन्दै डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पा विरुद्ध  युवासंघ र अनेरास्ववियूका विद्यार्थी नेताहरुको आक्रोश देखिएको छ।

अनेरास्ववियुका नारायण घर्ती र युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झाले सामाजिक सन्जालको दुरुपयोग गर्दै अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै उनीहरु आज सरकारी वकिलको कार्यालयमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्