रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी



काठमाडौं, बैशाख-१९ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ ।

रानुदेवीको जन्म पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) को कोखबाट सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको थियो। उनको बाल्यकाल बनारसमा बितेपनि विवाह भने २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो।

उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमार्फत नेपाली गीत संगीत क्षेत्र उर्वर बनाएकी थिइन।नेपाली अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई जस्ता उनको स्वरबद्द गीत कालजयी छन।

प्रतिक्रिया दिनुहोस्