वडाध्यक्षमाथि गोली प्रहार



काठमाडौ,बैशाख- १९ ।वडाध्यक्षमाथि गोली प्रहार भएको छ । कपिलवस्तुस्थित यशोधरा गाँउपालिका– ८ का वडा अध्यक्षमाथि गोली प्रहार भएको हो। वडाध्यक्ष सहाबुद्दिन मुसलमान माथि बिहीबार राति १ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रातको समय घरमा सुतिरहेका वडा अध्यक्ष मुसलमान माथि दुई जना अज्ञात व्यक्तिले उनी माथि चार राउण्ड गोली प्रहार भएको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको कपिलवस्तु जिल्लास्थित प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्