नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो,नेपालगन्जमा दुईजना थपिए



काठमाडौ,बैशाख-१९ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्ठि गरेको हो।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि जानकारी दिएका छन् ।उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। तर उनलाई नेपालगञ्‍जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

कोरोना संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्