नेकपाका युवा नेताद्वारा सुर्यगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान



नुवाकोट, बैशाख-२० । नुवाकोट जिल्लास्थित नेकपाका युवा नेता तथा जिल्ला सचिवालय सदस्य पुर्णलाल श्रेष्ठ, शान्ता थापा अधिकारी,जिल्ला सदस्य केसर सेनचुरि ,प्रदीपप्रसाद पाठक ( सुमन) लगायतको संयुक्त  प्रयासमा  शुक्रबार  सुर्यगढी गाउँपालिकालाई स्वास्थ्य सामग्री  हस्तान्तरण गरिएकाे छ ।

गाउँपालिकालाई काेराेनाको संक्रमण विरुद्ध लड्न  सहयाेग गरिएको स्वास्थ्य सामग्रीमा  पिपिई ५ सेट, सर्जिकल मास्क ७ सय प्रति,मेडिकल पन्जा २ सय जाेर,स्यानिटाइजर २० लिटर र २ वटा भाईचर रहेको छ। सो स्वास्थ्य सामग्री गाउँपालिका स्वास्थ्य प्रमुख  नरेन्द्रमान डगाेललाई नेकपा नुवाकोटका जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, नेकपा जिल्ला सचिवालय सदस्य पुर्णलाल श्रेष्ठ , शान्ता थापा अधिकारी, जिल्ला सदस्य केसर सेनचुरिले संयुक्त रूपमा  हस्तान्तरण गरेका थिए उक्त  कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य घकुमार लामा ,जितबहादुर घले, पार्टी इन्चार्ज  तथा वडा अध्यक्ष ईमानसिङ तामाङ , वडाअध्यक्ष्य भ‌ैरब अधिकारी,बाबुराम पाैडेल,कृष्ण अधिकारी नेकपा पार्टी  अध्यक्ष राजु रिजाल, साना घरेलु उद्योग महासंघ सुर्यगढीका अध्यक्ष नारायण गिरी लगायतको उपस्थिति  रहेका थियाे।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले आवश्यक परेमा नुवाकोटका अन्य गाउँपालिकालाई अाफु सहयोग गर्न तयार रहेकाे बताउदै लिखु गाउँपालिकाबाट सुरु गरेको अभियान अहिले सुर्यगढी गाउँपालिकामा पुगेको समेत बताउनु भयाे।

प्रतिक्रिया दिनुहोस्